Kathmandu Press

बेथानचोकका सबै वडामा निःशुल्क वाइफाई

बिहिबार ढुंखर्कमा आयोजित ‘डिजिटल बेथानचोक’ अवधारणा अन्तर्गत पालिकाका ६ वटै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाई कार्यक्रमको उद्घाटन भएको छ।
बेथानचोकका सबै वडामा निःशुल्क वाइफाई

काभ्रे, जेठ ५ : बेथानचोक गाउँपालिकाले सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ। ‘डिजिटल बेथानचोक’ बनाउने उद्देश्यसहित कार्यक्रम शुरु गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

बिहिबार ढुंखर्कमा आयोजित ‘डिजिटल बेथानचोक’ अवधारणा अन्तर्गत पालिकाका ६ वटै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाई कार्यक्रमको उद्घाटन भएको छ।

Hardik ivf

उनले सूचना प्रविधिबाट कोही पछि नपरुन भन्ने अभिप्रायसले सेवा शुभारम्भ गरिएको बताए। ‘डिजिटल बेथानचोक’ बनाउन आफूहरुले घोषणा पत्रमै उल्लेख गरिएको स्मरण गर्दै उनले आगामी दिनमा सेवालाई थप बढाउँदै लैजाने बताए।

‘यो हरेक क्षण बदलिरहेको छ। ढुंगेयुगको सूचना प्रविधि अहिले काम लाग्दैन। अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो। सिंगो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा छ। यो सुविधा तपाई हामी सबैले पाउनु पर्छ,’ उनले भने, ‘अब सबैले इन्टरनेटबाट बिजुलीका बिल तिर्नेदेखि आफ्नो बैंक खातामा पहुच पु¥याई अन्य आर्थिक गतिविधि यसै सेवामार्फत गरौं।’

346108858_909936726732141_398800010000342840_n1684477104.jpg

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले जनजीवन दिनानुदिन सहज बन्दै गइरहेको र सूचना प्रविधिले विश्व सानो गाउँ बन्दै गएकोेले अब सूचना प्रविधि नागरिकको जीवनसँग जोडिएको बताइन्। नागरिकलाई सूचना प्रविधिसँग जोड्न सके हरेक काममा सहजता हुने दैनिकी सहज हुने बइन्।

कार्यक्रम अन्तर्गत ६ वटै वडाका सबैलाई पायक पर्ने स्थानमा निःशुल्क वाइफाइ क्षेत्र बनाइने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए। बेथानचोक गाउँपालिकाको आ.व. २०७९/०८० का डिजिडल बेथानचोकको नीति अनुरुपकै कार्यक्रमको निरन्तरता भएको उनको भनाई छ।

यसबाट गाउँपालिकाले भर्खरै शुरु गरेको युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षालाई समेत फाइदा पुग्ने उनको भनाई छ।

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, जेठ ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्