Kathmandu Press

नयाँ पदमार्गको खोजी गर्नका लागि टानले बुझायो गण्डकी प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नयाँ पदमार्ग निर्माणका लागि पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) ले विहिवार गोरखामा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले पदयात्री पर्यटकका लागि नयाँ पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गर्ने बताएका हुन् । 
नयाँ पदमार्गको खोजी गर्नका लागि टानले बुझायो गण्डकी प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, जेठ ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहने बताएका छन् । 

नयाँ पदमार्ग निर्माणका लागि पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) ले विहिवार गोरखामा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले पदयात्री पर्यटकका लागि नयाँ पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गर्ने बताएका हुन् । 

Hardik ivf

“सडक सञ्जाल निर्माणका कारण पदयात्रा मार्ग छोटिएका छन्, प्रदेश सरकारले नयाँ पदमार्ग निर्माणका लागि पहल गर्छ”, उनले भने । उनले गण्डकी प्रदेशलाई पर्यटकीय गन्तव्यको महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गरिने बताए । मुख्यमन्त्री पाण्डेले नयाँ पदमार्गको खोजी गरी पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले टानसँग सहकार्य गर्ने स्पष्ट पारे ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले सडक सञ्जाल निर्माणका कारण अन्नपूर्ण पदयात्रा मार्ग, मनास्लु पदयात्रा मार्गजस्ता महत्त्वपूर्ण पदयात्रा मार्ग छोटिँदै गएको भन्दै वैकल्पिक पदमार्गको लागि प्रदेश सरकार लाग्नुपर्ने बताए ।

उनले उपल्लो मुस्ताङ सर्किटको विकास गर्न र लोमान्थाङबाट दामोदर कुण्ड हुँदैं नार तथा फू निस्कने गरी बृहत् अन्नपूर्ण सर्किट टे«लको खोजी, विकास एवं प्रवर्द्धनमा लाग्न प्रदेश सरकारलाई आग्रह गरे । 

प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्