Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख भएपछि प्रहरीले रिजाललाई झापाबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं, जेठ ४ : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा रिजालको नाम पनि जोडिएपछि प्रहरीले रिजाललाई बिहीबार पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख भएपछि प्रहरीले रिजाललाई झापाबाट पक्राउ गरेको हो ।

पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए। उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो।

यही प्रकरणमा आजै मात्र प्रहरीले गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ गरेको थियो।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्