Kathmandu Press

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले

काठमाडाैं, जेठ ४ : प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा मधुसुदन पुनले घोषणा गरेका हुन्। 

Hardik ivf

वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण अर्याल निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, वाग्मती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शङ्करदिवस मजगैयाँ, कर्णाली प्रदेश उपाध्यक्षमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। 

 यसैगरी महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ निर्वाचित भएका छन्। समाजको महासचिवमा डा वासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिमा प्रा डा अक्कलदेव मिश्र निर्वाचित हुनुभएको संयोजक पुनले जानकारी दिए। यसैगरी १९ केन्द्रीय सदस्य पनि महाधिवेशनले निर्वाचित गरेको छ।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, जेठ ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्