काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको हो । उपत्यकामा बिहानै बादल लागेका कारण भिजिविलिटी पनि कमजोर भएको छ।
काठमाडौं, जेठ ४ : काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परिरहेको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको हो । उपत्यकामा बिहानै बादल लागेका कारण भिजिविलिटी पनि कमजोर भएको छ।
उपत्यकामा आज दिनभर पानी रोकिने पर्ने क्रम चलिरहने मौसम विभागले जनाएको छ । त्यस्तै कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पनि पानी पर्ने सम्भावना छ।
आगामी तीन दिनसम्म देशभरको मौसम् आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार