Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणबारे शान्ति समाजद्वारा सरकारकाे ध्यानाकर्षण

भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषीलाई कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने शान्ति समाजले ध्यानाकर्षण गराएको हो।  
नक्कली भुटानी शरणार्थी प्रकरणबारे शान्ति समाजद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडाैं, जेठ ३ : मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ।
  
भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषीलाई कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने शान्ति समाजले ध्यानाकर्षण गराएको हो।  

यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शीता र जवाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पनि शान्ति समाजले आग्रह गरेको अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए।

Hardik ivf

सो अवसरमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाए।

प्रतिनिधिमण्डलमा सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौँलागाई, कोषाध्यक्ष किरण ढकाल,  केन्द्रीय सदस्य नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, काठमाडौँ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी र शाखा कोषाध्यक्ष विकास थापा सम्मिलित हुनुभएको समाजले जनाएको छ।

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, जेठ ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्