Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो।
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

काठमाडाैं, जेठ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ। समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो।

सो ज्ञापनपत्रमा नेपालका विभिन्न सञ्चार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ। साथै फोटो सङ्ग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन पनि प्रधानमन्त्रीसमक्ष माग गरिएको छ। 

Hardik ivf

त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरुलाई पनि योगदानका आधारमा  सम्मान गर्नुपर्ने माग गरिएको छ।

फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउनका लागि तालिम दिन, वार्षिक रुपमा बजेट उपलब्ध गराउन र फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सो ज्ञापनपत्रमा माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका जायज मागहरु पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सो समूहका अध्यक्ष वन्तले जानकारी दिए। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अध्यक्ष वन्तले भने, 'मागहरु जायज छन्, पूरा गर्न पहल गर्नेछु।'

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्