तारकेश्वरमा बसले मोटरसाइकलाई हान्यो, एकको मृत्यु
तारकेश्वर नगरपालिका–६ जरंखुमा उक्त दुर्घटना भएको हो।
काठमाडौं, जेठ ३ : तारकेश्वरमा दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका–६ जरंखुमा उक्त दुर्घटना भएको हो।
बा३ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताकोको मृत्यु भएको हो । बसमा सवार एक महिला यात्रु पनि घाइते भएकी छन् ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गुप्ताको सामाखुशीस्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मोटरसाइकललाई ठक्कर दिएपछि बस शेषमती खोलामा खसेको छ ।
प्रकाशित मिति: १५:४१ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












