कुन-कुन प्रदेशमा वर्षाको सम्भावना ?
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, जेठ ३ : हाल देशभर स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रि–मनसुन पनि भएकाले देशैभर बदलीको अवस्था रहेको छ।
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
‘देशका पहाडी भूभागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
