Kathmandu Press

कांग्रेस काभ्रे जिल्ला सम्मेलन जेठ ६ गते बनेपामा

नेपाली कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार नै सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले जानकारी दिए।
कांग्रेस काभ्रे जिल्ला सम्मेलन जेठ ६ गते बनेपामा

बनेपा, जेठ २ : नेपाली कांग्रेस काभ्रेले जेठ ६ गते जिल्ला सम्मेलन गर्ने भएको छ।

नेपाली कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार नै सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले जानकारी दिए।

Hardik ivf

उनका अनुसार बनेपास्थित बनेपा पार्टी भेन्युमा हुने सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गर्नुहुनेछ। १ सय ३५ वटै वडाबाट निर्वाचित करिब २५ सय क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए। 

२ सत्रमा हुने कार्यक्रमको बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनका साथै आगामी वर्षको कार्ययोजना प्रस्तुत हुनेछ। सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले तयारीको लागि विभिन्न समिति गठन गरेर जिम्मेवारीसमेत तोकेको छ।

सम्मेलनमा करिब ५ हजार कांग्रेस नेता कार्यकर्ता, शुभेच्छुक उतार्ने कांग्रेसको तयारी छ। २५ सय क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस क्रियाशीलका साथै लोकतन्त्रवादीहरुको सहभागिता रहने काभ्रे कांग्रेसले जनाएको छ।

बैठकले बांकी रहेका वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि निर्देशन दिएको छ। नेपाली कांग्रेस काभ्रेको स्वास्थ्य शाखाले सोही कार्यक्रममा रक्तदान आयोजना गरेको छ।

346114217_267366995854344_8274696267133369614_n1684241689.jpg

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, जेठ २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्