Kathmandu Press

शिक्षा समितिकाे पहिलो बैठक सम्पन्न

सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे। उनले सबै सदस्यलाई स्वागत गर्दै समितिको कार्यक्षेत्रबारे समिति सदस्यलाई जानकारी गराए।
शिक्षा समितिकाे पहिलो बैठक सम्पन्न

काठमाडाैं, जेठ २ : प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ। 

सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे। उनले सबै सदस्यलाई स्वागत गर्दै समितिको कार्यक्षेत्रबारे समिति सदस्यलाई जानकारी गराए।

Hardik ivf

बैठकमा समितिका सबै सदस्यले आआफ्नो परिचय दिएका थिए। समितिमा २५ सांसद सदस्य छन्। गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो। 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषय यस समितिसँग जोडिएकाले जनसरोकारका विषय उठाउनुपर्ने बताए। 

समितिको कार्यक्षेत्र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेका छन्।     

समितिमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का तीन, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तथा नेकपा एकीकृत समाजवादी, नागरिक जनमुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक÷एक सांसद सदस्य हुनुहुन्छ।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्