Kathmandu Press

देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना

काठमाडौं, जेठ २ : हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Hardik ivf

गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने  कोशी प्रदेशका एक दुई स्थानमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्