Kathmandu Press

चट्याङबाट घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि अलपत्र

चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।
चट्याङबाट घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि अलपत्र

दार्चुला, जेठ १ : तीन दिनअघि चट्याङ लागेर घाइते भएका दार्चुलाका यार्सागुम्बा संकलक हिमाली क्षेत्रमै अलपत्र परेका छन्। तीन दिनअघि चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलक हिमाली भेगमै अलपत्र परेका हुन्।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको  हुमदुम्तीमा तीन यार्सागुम्बा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।  

Hardik ivf

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन। घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलंगामै थन्किएको छ।  

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलंगा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। ‘मौसम अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन् । मौसममा सुधार आए मंगलबार बिहानै घाइतेको उद्धारमा लाग्छौं,’ उनले भने।

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

 

प्रकाशित मिति: २०:१३ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्