Kathmandu Press

महानगरले भत्कायाे अनामनगरस्थित हनुमानस्थानको अनधिकृत संरचना

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो। उक्त संरचना अनाधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए।
महानगरले भत्कायाे अनामनगरस्थित हनुमानस्थानको अनधिकृत संरचना

काठमाडौं, जेठ १ : काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनाधिकृत संरचना भत्काएको छ।

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो। उक्त संरचना अनाधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए।

भवन भत्काउनुअघि संघका व्यक्तिहरुले बिनाजानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए।

पाण्डेले भने पटक पटक जानकारी गराउदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको बताए। उनले महानगरको अनाधिकृत संरचना हटाउने अभियानबाट फिर्ता नहुने स्पष्ट पारे।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्