भ्रष्टाचारविरुद्ध युवा-विद्यार्थी संगठनकाे प्रदर्शन
नक्कली शरणार्थी प्रकरणलगायत सबै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने भन्दै एमालेनिकट अनेरास्ववियु तथा युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।
काठमाडाैं, जेठ १ : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा-विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्।
नक्कली शरणार्थी प्रकरणलगायत सबै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने भन्दै एमालेनिकट अनेरास्ववियु तथा युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।
उनीहरुले 'दोषी नछुटुन्, निर्दोष नफसुन', 'कुनै पनि दबाबमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेउ' लगायतका नाराबाजी गरेका थिए।
त्यस्तै प्रदर्शनमा सहभागीहरुले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए।
प्रदर्शनकारीले 'बढ्दो महँगी नियन्त्रण गर', 'भ्रष्टाचार अन्त्य गर', 'सबै खालको भ्रष्टाचारको छानबिन गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खबरदारी गर्ने उनीहरुले जनाएका छन्।
प्रकाशित मिति: १३:५० बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
