Kathmandu Press

मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो। चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए।
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

मोरङ, जेठ १ : मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ। 

बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा  सो रोगको लक्षण देखापरेको हो।  चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए।

Hardik ivf

‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो’, उनले भने। धिरेनले नौ वर्ष कोरियामा बस्दा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए।

२५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए। छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ। उनले २२ कट्ठा जग्गामा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका छन्।

अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि परीक्षण लागी विराटनगर हुँदै काठमाडौं पठाइएको बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए।

लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, जेठ १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्