राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै
बैठकमा समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने छ।
काठमाडौं, जेठ १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ। धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ गतेसम्म चल्ने छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने छन्।
बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रिय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ।
प्रकाशित मिति: ११:५० बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
