Kathmandu Press

भ्रष्टचारीविरुद्ध बालेनको प्रतिक्रिया : बाग्मतीमा चोपल्न आग्रह 

उनले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 
भ्रष्टचारीविरुद्ध बालेनको प्रतिक्रिया : बाग्मतीमा चोपल्न आग्रह 

काठमाडौं, वैशाख ३१ : काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले भ्रष्टचारीविरुद्धमा मुख खोल्दै आक्रोस पोखेका हुन् । 

उनले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 

Hardik ivf

‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस् शाहले लेखेका छन् यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।’ 

उनले यसअघि केहि समय अगाडि नयाँ र पुराना सबै नेतालाई चोर को संज्ञा पनि दिएका थिए । 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्