Kathmandu Press

कोहलपुरमा नदीमा डुबेर युवकको मृत्यु

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो। मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन्।
कोहलपुरमा नदीमा डुबेर युवकको मृत्यु

बाँके, वैशाख ३० : बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो। मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन्।

Hardik ivf

प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए। उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए। घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ।

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, वैशाख ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्