Kathmandu Press

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए।
धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

म्याग्दी, वैशाख ३० : धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ।

पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौं लगिएको छ।

उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए।

‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ‘, उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौं लगेको छ।’

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली  फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन्।

काठमाडौंको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए।

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्