Kathmandu Press

खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई

युवा तथा खेलकुद मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा कोइरालालाई छनोट गरेको छ।
खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई

काठमाडौं, वैशाख ३० : यसवर्षको खेलकुद पत्रकारिता पुरस्कार सेतोपाटी डटकमका सीताराम कोइरालालाई प्रदान गरिने भएको छ। युवा तथा खेलकुद मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा कोइरालालाई छनोट गरेको छ।

कोइराला लामो सयमदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन्। पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ।

यस्तै, महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि रु २५ हजार छ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश),  सञ्जीवकुमार साह (मधेस प्रदेश), सुवास बिडारी (बागमती प्रदेश) धनबहादुर गुरुङ (गण्डकी प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश), ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर (रुकुमपूर्व), मीना ग्लान (नुवाकोट), गीता विष्ट (कैलाली), नीरज देउवा (डडेलधुरा) र प्रेमकुमार दर्नाल (सर्लाही)लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक), प्रशिक्षकतर्फ नारा श्रेष्ठ गुरुङ (धनकुटा), निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान (ललितपुर) लाई प्रदान गरिने छ। उनीरुलाई जनही एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्