Kathmandu Press

लागुऔषध र भरुवा बन्दुकसहित ६ जना पक्राउ

अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
लागुऔषध र भरुवा बन्दुकसहित ६ जना पक्राउ

सुर्खेत, वैशाख २९ : जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

Hardik ivf

भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका–१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत हिलेखालीस्थित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का २९ वर्षीय गणेश थापा, वडा नं २ का २३ वर्षीय तपेन्द्र शाही र वडा नं १० का २१ वर्षीय नीरज रानामगर रहेको बताइएको छ । उनीहरूबाट दुई पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, वैशाख २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्