Kathmandu Press

विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याए।
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख २९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याए।

Hardik ivf

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले भने, ‘विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ।’

उनले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पारे। उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराए

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, वैशाख २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्