Kathmandu Press

रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू

शुक्रबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ७ः१५ बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो। जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ।
रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू

गुल्मी, वैशाख २९ : गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू भएको छ। नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो। निगमले मंगलबार पनि उडान भर्ने तयारी गरेको छ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो। त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो। व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आउनुभएका रेसुंगा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए।

Hardik ivf

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौंबाट केही समयमै गुल्मी आउन पाएको बताए। हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए।

शुक्रबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ७ः१५ बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो। जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ।  

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौं’, क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मंगलबार पनि उडान भर्ने हाम्रो तयारी छ।¦

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले लामो समय प्रयास पछि नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए। उनले भने, ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौं । नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ।’

उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो। निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको थियो।

पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्