Kathmandu Press

भुटानी शरणर्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राप्रपा  अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउन लागेका हुन् । 
भुटानी शरणर्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, वैशाख २९ : नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन  गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ।

आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राप्रपा  अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउन लागेका हुन् । 

Hardik ivf

त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले  जनाएको छ।

अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान समेत गरेका छन्। 

प्रकाशित मिति: ०८:३५ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्