तारकेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाण्डौको तारकेश्वर नगरपालिका ६ चिसापानीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाडौं, वैशाख २९ : काठमाण्डौको तारकेश्वर नगरपालिका ६ चिसापानीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति सवा १० बजे रा १ ख २७३४ नम्बरको टिपरले बा ३४ प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक नुवाकोट नौकुण्ठ २ घर भइ चिसापानी बस्ने ३३ वर्षका पासाङ लोप्चन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
तामाङको ग्रीन सिटी अस्पताल सामाखुशीमा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












