एमालेको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडाैं, वैशाख २८ः नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक भइरहेकाे हाे ।
तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने एमालेको तयारी रहेको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायत कार्यसूची छन् ।
एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












