Kathmandu Press

ऐक्यबद्धता जनाउन कांग्रेसका युवा नेताले भेटे गृहमन्त्री

ऐक्यबद्धता जनाउन कांग्रेसका युवा नेताले भेटे गृहमन्त्री

काठमाडौं, वैशाख २७ : नेपाली कांग्रेसका युवा नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘नक्कली भुटानी शरणार्थी प्रकरण’का लागि धन्यवाद दिएका छन्। उनीहरुले गृह मन्त्रीको कदमप्रति ऐक्यबद्धता समेत जनाएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बिषयमा भएको पक्राउ र छानविनप्रति ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्।

Hardik ivf

कसैको दबाबमा नपरी निश्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न उनीहरुले श्रेष्ठसँग आग्रह गरेका छन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार प्रकरणमा सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाएका थिए।

 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्