प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौं : सांसद श्रेष्ठ
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मंगलबार झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरिन्।
काठमाडौं, वैशाख २७ : सांसद सुशीला श्रेष्ठले कोशी प्रदेशको नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेकी छिन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मंगलबार झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरिन्।
‘प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरु आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण संघर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्’, उनले भनिन्।
न्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड रबरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएको उनले बताइन्। उनले भनिन्, घाइते निर्मला बराल र गजेन्द्र फागु लिम्बू हुनुहुन्छ। गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ । उहाँहरुको दमकमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि १० जना घाइते भएका छन्।’











-1778738753.jpg)
