Kathmandu Press

खाणलाई थुना म्यादका लागि अदालत लगिँदै

खाणलाई ‘जरुरी पक्राउ पूर्जी’ थमाउँदै प्रहरीले बुधबार बिहान मैजुबहालस्थित घरबाट पक्राउ गरेको थियो। अदालतबाट म्याद लिएर थुनामा राखी खाणमाथि छानविन सुरु गरिने भएको छ।
खाणलाई थुना म्यादका लागि अदालत लगिँदै

काठमाडौं, वैशाख २७ : नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं लगेर हिरासतमा राख्ने अनुमती लिने तयारी प्रहरीले गरेको छ।

खाणलाई ‘जरुरी पक्राउ पूर्जी’ थमाउँदै प्रहरीले बुधबार बिहान मैजुबहालस्थित घरबाट पक्राउ गरेको थियो। अदालतबाट म्याद लिएर थुनामा राखी खाणमाथि छानविन सुरु गरिने भएको छ।

बुटवलमा रहेका खाण मंगलबार मात्रै काठमाडौं आएका थिए। खाण पक्राउ परेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका थिए।

खाण र उनका स्वकीय सचिव केसीलाई थुनामा राख्ने अनुमतीका लागि उपस्थित गराउने सूचना प्रहरीबाट आएको अदालत स्रोतले काठमाडौं प्रेसलाई बतायो।  

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्