Kathmandu Press

हिमालयन शेर्पालाई हराउँदै जवलाखेल शीर्ष स्थानमा

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पालाई १–०ले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।
हिमालयन शेर्पालाई हराउँदै जवलाखेल शीर्ष स्थानमा

काठमाडौं, वैशाख २६ : जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पालाई १–०ले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।

हिमालयन शेर्पाविरुद्ध जित निकाल्ने क्रममा जवाखेलले आत्मघाती गोलको सहारा लियो । हिमालयनका अमृत श्रेष्ठले २४ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए।

जितसँगै जावलाखेलको १६ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको चर्च बोइजको २७ अंक नै भएपनि दोस्रो स्थानमा छ।  हिमालयन शेर्पा भने १६ खेलबाट २० अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति: २१:३२ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्