विविध कार्यक्रम गरी मनाइयाे कानुन दिवस
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ।
काठमाडाैं, वैशाख २६ : नेपालमा कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार काठमाडौंमा चियापान समारोहको आयोजना गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थीतहरुलाई स्वागत गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोचता एवं लोकतान्त्रिक मूल्यमान्यता प्रति प्रतिवद्धत रहदै सहज पहुचयुक्त तथा जनआस्थामा आधारित न्यायपद्धतिको स्थापना गर्न कानून दिवसले मद्धत पुग्ने विश्वास व्यक्त गरे।
स्वच्छ निश्पक्ष, छिटोछरितो एवं गुणस्तरिय न्यायसम्पादन र प्रभावकारी सेवा प्रवाहमार्फत सुदृढ एव भरोषायोग्य न्यायप्रणाली स्थापना र विकासका लागि आफ्नो ठाउबाट योगदान गर्न कानून दिवसले थप उर्जा प्रदान गर्ने उहाले बताए।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।











-1778738753.jpg)
