Kathmandu Press

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

गैर अवासीय नेपाली सङघको १५औं युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष संघले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो।
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाैं, वैशाख २६ : पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ।

गैर अवासीय नेपाली सङघको १५औं युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष संघले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो।

Hardik ivf

दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेको भन्दै संघका अध्यक्ष रवीन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाउंदै दूतावास स्थापनाको माग गरेका हुन्।

युरोप आएका नेपालीको प्रमुख गन्तव्य पोर्चुगल बन्दै गएको, दिनप्रतिदिन नेपालीको सङ्ख्या बढ्दै गएको, राहदानी लगायतका कागजी प्रक्रियामा समस्या भएको र पोर्चुगलबाट ठूलो रकम रेमिट्यान्सका रुपमा नेपाल भित्रिरहेको उल्लेख गर्दै संघले दूतावास स्थापनाको माग गरेको हो।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले दूतावास स्थापनाका लागि सरकारले पोर्चुगललाई पहिलो प्राथमिकतामा राखेको र दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको आश्वासन दिको गैरआवासीय नेपाली सङघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुए।

संघको क्षेत्रीय सम्मेलनमा दूतावास स्थापनाका विषयमा जोडदार रुपमा उठान गरिएको र केन्द्रीय नेतृत्वले समेत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए।

पोर्चुगलमा नेपालीको सङ्ख्या यकिन नभए पनि अनुमानित ५० देखि ६० हजारको हारहारीमा नेपाली रहेको संघका अध्यक्ष अधिकारीको भनाइ छ। पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स लगायतका अन्यमुलुक धाउनुपर्ने बाध्यता रहेको छ। 

प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्