Kathmandu Press

वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

उनले प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पु¥याइरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताए।
वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, वैशाख २५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व संकलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन्।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको त्रैमासिक प्रगति समीक्षा गोष्ठिमा उनले प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको टिप्पणी गरे।

Hardik ivf

उनले प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पु¥याइरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताए।

‘प्रदेशभित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ,’ उनले भने।   

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०:५८ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्