Kathmandu Press

नेसनल दैनिक डटकमको प्रकाशन/प्रसारण बन्द गर्ने काउन्सिलको निर्णय

काउन्सिलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु खाण र कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नक्कली आवाजको भिडियो बनाई पोस्ट गरेको भन्दै उक्त वेबपोर्टलको प्रकाशन÷प्रसारण बन्द गर्ने निर्णय गरेको हो।
नेसनल दैनिक डटकमको प्रकाशन/प्रसारण बन्द गर्ने काउन्सिलको निर्णय

काठमाडौं, वैशाख २५ : प्रेस काउन्सिलले  नेसनल दैनिक डटकम नामको वेबपोर्टलको प्रकाशन÷प्रसारण बन्द गरेको छ।

काउन्सिलले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु खाण र कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नक्कली आवाजको भिडियो बनाई पोस्ट गरेको भन्दै उक्त वेबपोर्टलको प्रकाशन÷प्रसारण बन्द गर्ने निर्णय गरेको हो।

Hardik ivf

काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहोराले विज्ञप्ति जारी गरेर उक्त वेबपोर्टलबाट सम्प्रेषित सामग्री अनुगमन गर्दा पत्रकार आचार संहिता प्रतिकूल भएको देखिएकोले अर्को व्यवस्था नहुन्जेलसम्म नेपालभित्र सम्प्रेषण नहुने निर्णय भएको उल्लेख गरेका छन्। 

काउन्सिलले निर्णयको पत्र नेपाल दुरसञ्चार प्राधिकरण कान्तिपथलाई पठाएको जनाएको छ। साथै पत्रको बोधार्थ नेपाल प्रहरी साइवर ब्युरो भोटाहिटीलाई पनि पठाएको काउन्सिलको भनाइ छ।

press council1683533553.jpg

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, वैशाख २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्