Kathmandu Press

परराष्ट्रका कर्मचारी बेगनास तालमा मृत भेटिए

बेगनास तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो।
परराष्ट्रका कर्मचारी बेगनास तालमा मृत भेटिए

कास्की, वैशाख २५ : परराष्ट्रमा मन्त्रालयका कर्मचारी अनुप भण्डारी पोखराको बेगनासतालमा मृत भेटिएका छन्। सोमवार बिहान ८ बजे भण्डारी तालमा तैरिरहेको अवस्थामा फेला परेका हुन्।

३१ वर्षीय भण्डारी परराष्ट्र मन्त्रालयका नायव सुब्बा हुन्।

बेगनास तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो।

भण्डारी आइतबार राति१ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएको खुले पनि किन आएका थिए भनेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्