Kathmandu Press

महानगरले हटाउन थाल्यो अव्यवस्थित तार

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाका प्रतिनिधिहरु मिलेर महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरेको हो ।
महानगरले हटाउन थाल्यो अव्यवस्थित तार

काठमाडौं, वैशाख २५ : काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाका प्रतिनिधिहरु मिलेर महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरेको हो । सोमबार माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको  ।

महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो।

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको थियो। महानगरभित्र रहेका झुन्डिएका र अनावश्यक तार काट्ने महानगरले जनाएको छ।

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्