Kathmandu Press

तस्बिरमा नरिबल खसाल्ने जात्रा 

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ। रथलाई तान्दै लगनखेल पुर्या एपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ।
तस्बिरमा नरिबल खसाल्ने जात्रा 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २५ : रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत आइतबार ललितपुरको लगनखेलस्थित थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

13413489820220512171249_IMG_00531683514318.jpg

रथलाई तान्दै लगनखेल पुर्या एपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ। किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।

13420521220220512171955_IMG_01191683514318.jpg

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि शुक्रबार बिहान महिलाहरुले रथ तान्ने परम्परा छ। नरिवल खसाल्ने जात्रा सकिएको केहि दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ।

मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ।

sujal-651683514319.jpg

sujal-661683514320.jpg

sujal-671683514321.jpg

sujal-701683514322.jpg

sujal-731683514324.jpg

sujal-711683514323.jpg

sujal-681683514322.jpg

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्