Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए।  
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

काठमाडाैं, वैशाख २४ : एमालेको केन्द्रीय कमिटीको बैठक सरेको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए। 

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए।  

उनका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ। यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ। 

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्