Kathmandu Press

प्रतिनिधिसभामा अध्यादेश पेश

प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गरेका हुन्।
प्रतिनिधिसभामा अध्यादेश पेश

काठमाडौं, वैशाख २४ : प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गरेका हुन्।

यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो। सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्