Kathmandu Press

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट पुनः विश्वासको मत लिनुपर्छ : सुवाल

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुरा उठाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट पुनः विश्वासको मत लिनुपर्छ : सुवाल

काठमडौं, वैशाख २४ : नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट पुनः विश्वासको मत लिनुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुरा उठाएका हुन्।

Hardik ivf

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेको हुनाले अब यो सरकारले विश्वासको मत लिनुपर्छ,’ सुवालले भने ।

उनले राजनीतिक स्वार्थका लागि नागरिकता विधेयक ल्याइएको भन्दै आपत्ति पनि जनाए। अलोकतान्त्रिक अभ्यास हुन लागिरहेका भन्दै उनले चिन्ता व्यक्त गरे।

एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्को राष्ट्रपतिबाट पुनः प्रमाणित गराउने कुरा लोकतान्त्रिक हुन नसने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, वैशाख २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्