Kathmandu Press

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

१५ दिनपछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने उनले बताए। उनले ५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको बताए।
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

लमजुङ, वैशाख २४ : दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाबाट उत्पादित बिजुलीको परीक्षण सफल भएसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ‘हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण गर्‍यौं त्यसमा सफल भयौं अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौं,’ आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देल भने।

१५ दिनपछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने उनले बताए। उनले ५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको बताए।

प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्