Kathmandu Press

सङ्घीय संसद्का नवनियुक्त सचिवहरूको शपथ आज

सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिनेछन् ।
सङ्घीय संसद्का नवनियुक्त सचिवहरूको शपथ आज

काठमाडौं, वैशाख २४ : सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

Hardik ivf

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाको सचिवमा डा.सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए ।

सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन् ।  

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्