Kathmandu Press

डिउटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैसिरमाथि शुक्रबार राति डिउटीमै रहेका बेला खुकुरी प्रहार भएको हो।
डिउटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार

कञ्चनपुर, वैशाख २३ : कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैसिरमाथि शुक्रबार राति डिउटीमै रहेका बेला खुकुरी प्रहार भएको हो।

सई चैसिरमाथि स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। उनको बायाँ पाखुरामा चोट लागेको छ।

प्रहरीका अनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो।

खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३७ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्