Kathmandu Press

सबैलाई मिलाएर विश्व हिन्दु महासंघको महाधिवेशन गरिने

महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो।
सबैलाई मिलाएर विश्व हिन्दु महासंघको महाधिवेशन गरिने

काठमाडाैं, वैशाख २० : विश्व हिन्दु महासङ्घले विधिसम्मत रूपमा आफ्नो महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ। 

महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो।

Hardik ivf

महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन गर्न कम्तिमा छ महिना समय लाग्ने जानकारी दिनुभयो। उहाँले भने, 'अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गर्नुपर्छ, त्यसका लागि कम्तीमा छ महिना समय लाग्न सक्छ। महासङ्घमा यतिबेला बाटो बिराएका सबैजनालाई वैधानिक छाताभित्र एकजुट हुन आग्रह गर्दछौँ।'

विश्वका विभिन्न भागमा छरिएर रहेका सम्पूर्ण हिन्दू धर्म संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी सङ्गठित तुल्याउन विश्व हिन्दू महासङ्घ २०४० सालमा विधिवत् रुपमा दर्ता भएको संस्था हो। विश्वभर हिन्दूत्व र सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने यसको लक्ष्य हो।

महासङ्घको अर्को समूहले भने आफू आधिकारिक नभएको दाबी गरेको छ। महासङ्घको अन्तर्राष्ट्रिय समितिलाई अभिभावकीय भूमिका रहन दिनुपर्ने र साधुसन्तको जिम्मा दिनुपर्ने अर्को समूहको भनाइ छ।

महासङ्घको राष्ट्रिय समितिका अध्यक्ष डा रामचन्द्र अधिकारीले महासङ्घका विभिन्न पार्टी र दरबारको शक्तिको दुहाइ दिन नहुने बताए। उनले सबै मिलेर हिन्दू राष्ट्रको अभियानलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, वैशाख २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्