अफगानिस्तानका साहजाद चितवन टाइगर्समा
काठमाडौं, माघ १५ : अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्सम्यान मोहम्मद साहजादले नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न....

काठमाडौं, माघ १५ : अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्सम्यान मोहम्मद साहजादले नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। चैत पहिलो साता सुरू हुने ईपीएलका लागि चितवन टाइसगर्समा आवद्ध भएका छन्।
चितवन टाइगर्सले बुधबार प्रेस विज्ञप्ति जारी साहदाज ईपीएलका लागि चितवन टाइगर्समा आवद्ध भएको जनाएको छ । उनी चितवनमा आवद्ध भएपनि उनको अनुबन्धन रकम भने खुलाइएको छैन।
साहजाद ईपीएलको नयाँ सिजनमा आवद्ध तेस्रो ठूला स्टार हुन्। यसअघि भैरहवा ग्लाडियटर्सले वेस्टइन्डिजका ड्वायन स्मिथ र ललितपुर प्याट्रिओट्सले श्रीलंकाका उपुल थरंगलालाई ल्याएको छ।
पहिलो विदेशी खेलाडीका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित साहजादलाई क्लबमा भित्र्याउन पाउँदा गौरवान्वित महसूस भएको चितवन टाइगर्सले जनाएको छ। साथै अन्य विदेशी खेलाडीबारे पनि चाडै टुंगो लगाउने चितवनले जानकारी दिएको छ।
‘हाम्रो लामो सयमको प्रयास र उनी आफैं पनि नेपाल आएर खेल्न इच्छुक भएकाले हामी सहमतिमा पुगेका हौं,’ चितवन टाइगर्सका निर्देशक विनिता चौधरी भट्टराईले भनिन्, ‘साहजादको आगमनले चितवनको ब्याटिङमा नयाँ आयाम थप्न विश्वास लिएका छौं, उनको अनुभवबाट टिमका अन्य खेलाडीले पनि नयाँ कुरा सिक्न पाउनेछन्।’
साहजादको अन्तर्राष्ट्रिय करिअर
विस्फोटक ओपनर साहजादले अफानिस्तानका लागि ८४ एकदिवसीय र ६५ टि–२० खेल खेलेका छन्। तर, पछिल्लो समय अफगानिस्तानको टिममा भने छैनन्।
गतवर्ष इंग्ल्यान्डमा भएको विश्वकप दौरान घाइते भएपछि अफगान टिमबाट बाहिरिएका थिए। त्यसपछि क्रिकेट बोर्डसँग विवादमा आएपछि उनलाई गत अगस्त १८ मा अफगान क्रिकेट बोर्डले एक वर्ष प्रतिबन्ध लगाएको थियो।
सहजादले राष्ट्रिय टिमबाट दुई टेस्टमा ६९ रन बनाउँदा एकदिवसीयमा ६ शतक र १४ अर्धशतक मद्दतमा दुई हजार सात सय २७ रन बनाएका छन्। त्यस्तै उनले टी–२० मा एक शतक र १२ अर्धशतक मद्दतमा एक हजार नौ सय ३६ रन बनाएका छन्। टि–२० मा उनको उच्च स्कोर ११८ हो।
को–को छन् चितवनमा?
चितवन टाइगर्सले यसपटक राष्ट्रिय टिमका मुख्य सदस्य फास्टबलर सोमपाल कामीलाई ट्रेडमार्फत काठमाडौं किंग्स इलेवनबाट भित्र्याएको छ। चितवनमा दीलिप नाथ, ललितसिंह भण्डारी, भीम सार्की, कमलसिंह ऐरी, साहब आलमलगायत खेलाडी छन्।











