Kathmandu Press

शान्ति समाजको ध्यानाकर्षण

शान्ति समाजका काठमाडाैं, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिए।
शान्ति समाजको ध्यानाकर्षण

काठमाडाैं, वैशाख २० : मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरि ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) मनाएको छ। 
 
शान्ति समाजका काठमाडाैं, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिए।

कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरी सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न स्मरण गराइएको छ।

Hardik ivf

व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्वद्ध सबैलाई समाजले कार्यत्रपत्रमार्फत आग्रह गरेको छ। 

यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औँल्याएको छ।

प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ। 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्