Kathmandu Press

चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 
चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख २० : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली  रहने छ। देशका पहाडी भूभागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भूभागका एक,दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्