Kathmandu Press

‘निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरियो’

उनले पछिल्ला केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले आफूलाई लक्षित गरेर निराधार आरोप लगाउँदै दुष्प्रचार गरेको बताएकी छिन्।
‘निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरियो’

काठमाडौं, वैशाख १९ : निराधार र कपोकल्पित आरोप लगाउँदै आफ्नो दुष्प्रचार गरिएको भन्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन्। उनले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै विज्ञप्ति निकालेर त्यसप्रति आपत्ति जनाएकी छिन्।

उनले पछिल्ला केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले आफूलाई लक्षित गरेर निराधार आरोप लगाउँदै दुष्प्रचार गरेको बताएकी छिन्।

Hardik ivf

उनले भनेकी छन्, ‘‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ। तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली–गलौज र लाञ्छना लगाउने अधिकार छैन।’

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी डा. राणा देउवाले उनले नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरूले सञ्चारमाध्यममा बोलेको बताएकी छिन्। सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफूविरुद्ध गाली बेइज्जतीमा उत्रिनु खेदजनक छ रहेको उनले उल्लेख गरेकी छिन्।

‘तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ। तर नियोजित रुपमा मविरुद्ध व्यक्तिगत मानर्मदान गर्ने र हुँदै नभएका आधारहीन विवादहरूमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले आफ्नो बारे धारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह पनि गरेकी छिन्।

 

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, वैशाख १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्