Kathmandu Press

नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

सभामुख घिमिरले नेपाली टिमलाई शुभकामना दिँदै अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन्।
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

काठमाडौं, वैशाख १९ : सभामुख देवराज घिमिरेले नेपाल एसिसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएकामा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन्।

सभामुख घिमिरले नेपाली टिमलाई  शुभकामना दिँदै अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन्।

‘नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामनामा भनिएको छ, ‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु।’
     
प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्